खोप नपाए सम्म शैक्षिक क्रियाकलाप सञ्चालन नगर्ने चेतावनी

पाल्पा । पाल्पाका शिक्षक तथा कर्मचारीहरुले कोरोना बिरुद्धको कोभिड खोप नपाए सम्म कुनै पनि शैक्षिक क्रियाकलाप सञ्चालन नगर्ने चेतावनी दिएका छन् । जिल्लाको रिब्दीकोट गाउँपालिका भित्रका सम्पूर्ण बिद्यालयका शिक्षक तथा कर्मचारीहरुले जिल्ला तथा स्थानीय तहको उपेक्षाको कारण हाल सम्म खोप नपाएको गूनासो पनि गरेका छन् ।
प्रत्यक्ष बिद्यार्थी तथा अभिभाबक संग सम्पर्क हुने शिक्षकहरुलाई खोपको लागी ब्यबस्था गर्न उनीहरुले अपिल पनि गरेका छन् । पालिका भरिका शिक्षक तथा कर्मचारीहरुले खोपका लागी गाउँपालिकामा ज्ञापन पत्र बुझएका छन् ।
तपाईंको प्रतिक्रिया