जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान

 साउन ०९, २०७८

कालीकोट । जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान भएको छ । अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक कटकबहादुर महतले कर्णाली प्रदेश सरकारले छुट्याएको बजेटले प्लान्ट जडान गरेको जानकारी दिए । अक्सिजन प्लान्ट जडानपछि अस्पतालमा अक्सिजनको अभाव नहुने निमित्त स्वास्थ्य सेवा व्यवस्थापक महतले बताए ।

अब अक्सिजन अभावको कारण यहाँका जनताले कुनै हैरानी र सास्ती व्यहोर्नु पर्दैन । यसले दैलेख, अछाम, मुगु, बाजुरा, कालीकोट, जुम्ला र हुम्लासम्मलाई अक्सिजन फिलिङ गर्न सहयोग पुग्छ।’ अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष सरोज बोगटी, अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. किरण शाही र लेखा अधिकृत मुनबहादुर रावलले पनि सबैको सकारात्मक सहयोग र योगदानका कारण अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न सफल भएको बताएका छन् ।

तपाईंको प्रतिक्रिया