३११४ जना कोराेना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३११४ जना कोभिड बिरामी थपिएका छन् । १४ हजार ९१० नमुना (१० हजार ६२५ पीसीआर र ४२८५ एन्टीजेन) परीक्षण गर्दा ती बिरामी थपिएका हुन् ।
शनिबार थप १६ जनाको मृत्यु भएको छ । २१९७ जना निको भएका छन् । काठमाडौं उपत्यकामा शनिबार ६१५ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ४२१, कास्कीमा २७१, मोरङमा १६४, ललितपुरमा १०८ र चितवनमा २४८ र भक्तपुरमा ८६ जना संक्रमित थपिएका छन् ।



तपाईंको प्रतिक्रिया