यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

 साउन १०, २०७८

काठमाडौं । देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेकाले आगामी तीन नै पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त अवधिमा केही प्रेदशका थोरै स्थानमा भीषण वर्षाको पनि सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आइतबार बिहान देशभरको मौसम सामान्य बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको छ ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सोमबार पनि मौसम बदली रही अधिकांश स्थानमा पानी पर्ने र केही स्थानमा भने भीषण वर्षा हुने जनाइएको छ ।

दिउँसो देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रातित पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भने भीषण वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

तपाईंको प्रतिक्रिया