डुबेर तीनजनाको मृत्यु

 साउन ११, २०७८

काठमाडौं । मोरङ र सिरहामा डुबेर तीनजनाको मृत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका–१४ जतुवा बस्ने फुलियादेवी महतोको छोरा डेढ वर्षीय राजकुमार महतोको सोही ठाउँस्थित नहरमा डुबेर आइतबार दिउँसो मृत्यु भएको हो । त्यस्तै मोरङकै लेटाङ नगरपालिका–५ बस्ने शरणकुमार राईको छोरा १५ वर्षीय समृद्ध राईको सोही ठाउँस्थित मोरङ्गे खोलामा पौडी खेल्ने क्रममा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।

त्यसैगरी सिरहाको लहान नगरपालिका(१४ बस्तिपुर बस्ने जिवछ पासवानको छोरा ६ वर्षीय सुभाष पासवानको डुबेर आइतबार राति मृत्यु भएको छ । आफ्नै घरदेखि ५० मिटर टाढा रहेको पानी जमेको खाल्डोमा डुबेर घाइते भएका उनलाई उपचारका लागि लहानतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । यी सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया