तुलसीपुरमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु

तुलसीपुर । तुलसीपुरमा मोटरसाईकल दुर्घटनामा परि एक पुरुषको ज्यान गएको छ । घोराही तुलसीपुर सडकखण्ड अन्र्तगत पर्सेनीमा सडक निर्माणका लागि ह्युमपाईप हालिएको खाल्डोमा परि दुर्घटना भएको हो । रा ६ प ७२५ नम्बरको मोटरसाईकल दुर्घटनामा परि चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दुर्घटना आज विहान पख भएको बताईएको छ । मृतकको सनाखत हुन सकेको छैन ।
तपाईंको प्रतिक्रिया