मुख्यमन्त्री पोखरेलले विश्वासकाे मत लिने

तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले विश्वासको मत लिनुहुने भएको छ । जनता समाजवादी पार्टीको विवाद निर्वाचन आयोगले टुङ्गो लगाएपछि मुख्यमन्त्री पोखरेल विश्वासको मत लिन तयार देखिनुभएको हो ।
केही दिनभित्रै प्रदेश सरकारले विश्वासको मत लिने सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताउनुभयो । प्रदेश सरकारले आज मङ्गलवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता चौधरीले विश्वासको मत पाए सरकार चलाउँने नपाए विपक्षमा बस्ने बताउनुभएको हो ।
प्रदेश प्रमुख धर्मनाथ यादवको सहयोगमा मुख्यमन्त्रीका रूपमा पोखरेलको दोस्रो नियुक्ति गैरसंवैधानिक र अलोकतान्त्रिक भन्दै विपक्षी गठबन्धनले विरोध गर्दै प्रदेश सभाबाट वैधानिकता पुष्टि गर्न चुनौती दिँदै आएका थिए ।
तपाईंको प्रतिक्रिया