दाङमा लक्षित समुहका नागरिकलाई खोप दिने तयारी

तुलसीपुर । दाङमा भोली देखी लक्षित समुहका नागरिकलाई जोनसन खोप लगाउने तयारी गरिएको छ । सरकारले तोकेको मापदण्ड अनुसार ५० देखी ५४ वर्ष उमेर समुहका नागरिक, क र ख बर्गका अपाङगता भएका व्यक्ति, र अत्यवाश्यक सेवाका काम गर्ने कर्मचारी,व्यवसायी, यातायात मजदुरलाई खोप दिने तयारी गरिएको छ ।
सोहि अनुसार तुलसीपुर क्षेत्रमा पनि प्रत्येक वडाको स्वास्थ्य संस्थामा खोप केन्द्रबाट भिडभाड नहोस भनेर लक्षित समुह अनुसार फरकफरक मितिमा खोप लगाइने भएको छ । पटक मात्रै लगाए पुग्ने यो खोप तुलसीपुरमा भोली र पर्सी ५० देखी ५४ वर्ष उमेर समुहका नागरिकलाई लगाउन लागीएको कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो ।
तपाईंको प्रतिक्रिया