सरकार अपवित्र गठबन्धनबाट बनेको हो : ओली

 साउन २५, २०७८

तुलसीपुर । एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार अपवित्र गठबन्धनबाट बनेर आएको बताउनुभएको छ । एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार लोकतान्त्रिक बाटोबाट नभएर अपवित्र गठबन्धनबाट बनेर आएको बताउनुभएको हो ।

अहिलेको सरकार देशभक्त शक्तिविरुद्ध बनेको गठबन्धनको सरकार भएको अध्यक्ष ओलीको दाबी थियो । बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा विश्वास नगरेर अपवित्र गठबन्धनको संस्कृतिविकास भएको ओलीको आरोप थियो ।

तपाईंको प्रतिक्रिया