मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षकको मृत्यु

नवलपरासी । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्यु भएको छ । गएराति साढे ८ बजे पूर्व पश्चिम राजमार्गमा पैदल हिँडिरहेका वाग्लेलाई लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका वाग्लेलाई उपचारका लागि भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजमा लगिएकोमा उपचारकै क्रममा रातको ११ बजे मृत्यु भएको नवलपरासी प्रहरीले जनाएको छ । वाग्लेलाई ठक्कर दिने मोटरसाइकलका चालक सुनवल नगरपालिका वडा नम्बर १ का दिपेन्द्र पुन पनि गम्भीर घाइते भएका छन् । उनको युनिभर्सल मेडिकल कलेजमै उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।
तपाईंको प्रतिक्रिया