सल्यानमा ट्याक्टर दुर्घटना: दुई जनाको मृत्यु

 साउन २६, २०७८

सल्यान । सल्यानमा भएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । दुर्घटनामा परी ट्याक्टर चालक कालिमाटी गाउँपालिका ३ का १९ वर्षिय खुम बहादुर वली र मिक्चरका हेल्पर सोहि ठाउँका २० वर्षिय यज्ञ बहादुर केसीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । कालिमाटि गाउपालिका ४ वालुवा बाट कालिमाटी फर्कर्दै गरेको रा १ त ४०४२ नम्वरको ट्याक्टर दुर्घटनामा परेको हो ।

वालुवामा घर ढलान गरेर ट्याक्टरमा मिक्चर जडान गरी कालिमाटी तर्फ ल्याउदै गर्दा ट्याक्टर अनियन्त्रीत भएर दुर्घटना भएको थियो । घटनामा तिन जना गम्भिर घाइते भएका छन् ।

गम्भिर घाइते हुनेमा मिक्चर चालक सोहि ठाउका ३१ व्र्षिय जंग बहादुर सिरिस मगर, ट्याक्टरका सहचालक १७ वर्षिय कमल विक र मिक्चर हेल्पर २० वर्षिय खुम बहादुर बस्नेत रहेका छन् । गम्भिर घाइते तिनै जनालाई थप उपचारका लागी तुलसीपुर लगिएको छ । घटना मंगलबार वेलुकी साढे ७ बजेतिर भएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया