मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले पोखरेलको राजीनामा स्वीकृत गरेका हुन् ।
आज मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि छलफल र निर्णय हुने कार्यतालिका थियो । यस अगावै पोख्रेलले राजीनामा दिएका थिए । प्रदेश प्रमुखको कार्यालयले उक्त पत्र प्रदेशसभामा पनि पठाएको छ ।
तपाईंको प्रतिक्रिया