एक बर्षको अवधिमा ७ सय उजुरी

तुलसीपुर । अख्तियार कार्यालय नेपालगञ्जमा वितेको आर्थिक वर्ष ०७७/७८ मा सात सय बढि भ्रष्टाचार सम्बन्धी उजुरी दर्ता भएका छन् । सवैभन्दा धेरै स्थानिय तहमा भ्रष्टाचार सम्बन्धी उजुरी दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल,सम्पर्क कार्यालय नेपालगन्जले जानकारी दिएको छ ।
कार्यालयका सुचना अधिकारी श्रीधर टण्डनका अनुसार वितेको आर्थिक वर्षमा ७७६ वटा भ्रष्टाचार सम्बन्धी उजुरी दर्ता भएका छन् । जसमा ५०३ वटा उजुरी फच्यौट भईसकेका छन् भने २७३ वटा उजुरी फच्यौट हुन बाँकी रहेको सुचना अधिकारी टण्डनले जानकारी दिनुभयो । कार्यालयमा सवैभन्दा धेरै स्थानिय तहमा भष्टाचार भएका उजुरी दर्ता भएका छन् ।
तपाईंको प्रतिक्रिया