सल्यानमा आज देखी जोन्सन खोप लगाईदै
सल्यान । सल्यानमा जोन्सन एन्ड जोन्सन खोप लगाउन शुरु गरिने भएको छ । आज बिहीवार देखी जिल्लाभर एकैसाथ जोन्सन एन्ड जोन्सन खोप लगाउन शुरु गरिने स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । जिल्लामा रहेका ५० देखी ५४ बर्ष उमेर समुहका नागरिक तथा पुर्ण अपांगता एवम् अति अपांगता भएका क र ख बर्गका नागरिकहरुलाई जोन्सन एन्ड जोन्सन खोप लगाउने तयारी गरिएको छ ।
जसको लागि जिल्लामा १३ हजार २ सय ६० डोज खोप आएको स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिनुभयो । उहाँले खोप सबै पालिकामा पठाइसकेको तथा आज र भोली खोप लगाउने कार्यक्रम रहेको जानकारी दिनुभयो । जोन्सन एण्ड जोन्सन खोपको एक मात्रा लगाए पुग्छ । यस्तै बिदेश जान तयारी गरेका नागरिकहरुले पनि कोरोनाको खोप लगाउन पाउने भएका छन् ।
उनीहको पासपोर्ट र भिसाको आधारमा जोन्सन एन्ड जोन्सन खोप लगाउन पाउने स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । हालसम्म जिल्लाका ५ हजार ५ सय ९३ जनाले कोरोना भाइरस बिरुद्धको दुबै खोपको मात्रा लगाएका छन् ।
तपाईंको प्रतिक्रिया