नदीमा बेपत्ता दम्पतीको शव फेला

 साउन ३०, २०७८

तुलसीपुर । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका त्रिवेणीस्थित उत्तरगंगा नदीमा बेपत्ता भएका दम्पतीको शव फेला परेको छ । यही साउन २४ गते पुथाउत्तरगंगा गाउँपालिका–१४ राङसीका ३६ वर्षीय मनिचन कामी र उनकी ३० वर्षीया श्रीमती अमृता विक उत्तरगंगा नदीमा बगेका थिए ।

उनीहरुको दुवैको शव पाँच दिनपछि फरक–फरक ठाउँमा भेटिएको हो । श्रीमान मनिचनको शव सल्यानको बनगाडकुपिन्डे नगरपालिकास्थित भेरी नदीको किनारमा फेला परेको छ भने श्रीमती अमृताको शव रुकुम पश्चिमको सानीभेरी गाउँपालिकास्थित सानीभेरी नदी किनारमा फेला परेको छ ।

तपाईंको प्रतिक्रिया