रोल्पामा एम्बुलेन्स दुर्घटना, चालकको ज्यान गयो

 साउन ३०, २०७८


तुलसीपुर । रोल्पामा एम्बुलेन्स दुर्घटना हुदा चालकको ज्यान गएको छ । ज्यान जानेमा
माडी गाउँपालीका ६ कोर्चवाङका ओम प्रकाश घर्ति रहेको जिल्ला प्रहरी कार्यलय रोल्पा जनाएको छ । माडी गाउपालिका वडा नम्बर २ खोलवाङमा आज विहान चार बजेतिर रा १ च ७०५ एम्बुलेन्स सडकबाट ६ सय मिटर तल खस्दा दुर्घटना भएको हो ।

केहि दिन अघि लडेर घाईते भएकी एक महिलाको उपचारको क्रममा भैरहवामा निधन भएपछि कोर्चवाङ शव पुर्याएर फर्कने बेला एम्बुलेन्स दुर्घटनामा परेको हो । अर्का एक जना भने हाम फालेर ज्यान जोगाउन सफल भएका छन । उनि सामन्य घाईते भएका छन ।

फोटो : पत्रकार बुद्धिमान वलीको फेसबुकबाट साभार

तपाईंको प्रतिक्रिया