बाढीपहिरोमा परेर आमाछोरा सहित चार जनाको मृत्यु

 साउन ३०, २०७८

फाइल फाेटाे

काठमाण्डौ । जुम्ला र अर्घाखाँचीमा बाढी पहिरोले बगाएर एकै घरका आमा छोरा सहित तीन जनाको मृत्यु भएको छ । जुम्ला तातोपानी गाउँपालिका ७ ताम्ती गाउँका तीन जनालाई बाढी पहिरोले बगाएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी दान बहादर थापाका अनुसार मृत्यु हुनेमा ६० बर्षिय बिर्ख बहादर रावत, ३५ बर्षिय जैसरी रावत र उहाँका १० बर्षका छोरा सन्देश रावत रहेको जानकारी दिनु भयो ।

पाटनमा पाहिने सेतो चिनी कोरेर पाटन बाट घर फर्किने समयमा ताम्तीको घट्टे खोला तर्ने क्रममा माथि बाट आएको बाढी र पहिरोले बगाएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताउनु भयो । उहाँका अनुसार बाढी आएर पानी थुनिएको र खोला तर्ने बेला थुनिएको बाढी फुटेर बगाएको हो ।

मुचुल्का गरेर मृतक तिनै जनाको दाह सस्कार गरिएको छ । उता अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । पाणिनी गाउँपालिका–५ मैदानमा खसेको पहिरोमा परि धातिवाङ्ग घर भएका अन्दाजी ४५ वर्षका मानबहादुर सुनारको ज्यान गएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनु भयो ।

तपाईंको प्रतिक्रिया