दाङमा कोरोना संक्रमित बढ्दै

तुलसीपुर । दाङमा केहि दिन यता कोरोना संक्रमित थपिने दर बढ्दै गएको छ । दैनिक दुई हर्जनको हाराहारीमा संक्रमित थपिने गरेका छन । तर त्यो संख्या बढेर आज ४१ जना संक्रमित थपिएका छन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक सय जनाको पीसीआर प्ररीक्षण गर्दा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्य संञ्चालन केन्द्र घोराही दाङले जनाएको छ । संक्रमित थपिनेमा घोराहीका २८ जना, तुलसीपुरका ६ जना, लमहीका ६ जना र बबई गाउपालिकाका १ जना रहेका छन् ।
यो सहित जिल्लामा सक्रिय संक्रमितको संख्या १६५ रहेको केन्द्रले जानकारी दिएको छ ।बैशाख यता जिल्लामा कोरोना संक्रमितको संख्या ८ हजार ७ सय पाँच पुगेको छ । यस्तै वितेको २४ घण्टामा जिल्लामा थप १९ जना कोरोना मुक्त भएका छन् । यो सहित बैशाख यता संक्रमण मुक्त हुनेको संख्या ८ हजार ३ सय तिस पुगेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार वितेको २४ घण्टामा जिल्ला भित्र कसैको पनि निधन भएको छैन ।
तपाईंको प्रतिक्रिया