दाङमा थप २२ जनामा कोरोना संक्रमण

 भदौ ०३, २०७८

तुलसीपुर । दाङमा आज थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ७५ जनामा गरिएको पिसिआर जाँचमा १२ जना महिला र १० जना पुरुष गरि २२ जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा घोराहीका ९ जना, तुलसीपुरका ७, लमहीका ३, गढवाका २ र राप्तीका १ जना रहेका छन् ।

यस्तै आज कोरोना मुक्त हुनेको संख्या १७ रहेको छ । त्यस्तै मृक्त हुनेमा घोराहीका १० जना, तुलसीपुरका ४ र लमहीका ३ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । आज थप भएका २२ जना सहित जिल्लामा सकृय विरामीको संख्या एक सय ७७ जना पुगेको छ ।

तपाईंको प्रतिक्रिया