दहमा डुबेर एकै घरका दुई दाजु भाइ बेपत्ता

 भदौ ०४, २०७८

तुलसीपुर ।
रुकुम पश्चिमको मुसीकोट नगरपालिका ७ को ठुली दहमा पौडि खेल्ने क्रममा एकै घरका २ दाजु भाइ वेपत्ता भएका छन् । मुसीकोट नगरपालिका १ सल्लेका दुइ दाजु भाइ अाज साथीहरु संग घुम्न गएका भिमबहादुर थापा र प्रेम थापा दहमा पौडि खेल्ने क्रममा बेपत्ता भएका हुन् ।

भिम दाइ हुन भने प्रेम भाइ हुन् । यसबारेमा खवर आएपछि आफुहरु घटनास्थल तर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया