रुकुम पश्चिम मा घर भत्किएर बालिकाको मृत्यु

 भदौ ०६, २०७८

रुकुम पश्चिम – लगाातार बर्षा हुदाँ पानी चुहिएका कारण दुई तले घरको भित्ता भत्किएर रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ । आठबीसकोट ७ को डाँफे स्थित स्थानीय डण्डे कामीको ९ वर्षिया छोरी लालमती कामीको गयराति १ बजेको समयमा घरको भित्ता भत्किदा च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय राडीका इन्चार्ज प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिनुभयो । सुतिरहेको अवस्थामा घरको एक साईटको भित्ता भत्किएको र उक्त भित्ताले च्यापिएर बालिकाको मृत्यु भएको प्रहरी ले जनाएको छ । भित्तातिर सुतेकी लालमती च्यापिएको र उनका आमा, बुवा तथा भाइ भने भाग्न सफल भएका थिए । बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक सुनारको भनाई छ । बालिकाको शव पोष्ट मार्टमका लागि नगर अस्पताल राडीमा ल्याउदै गरेको इलाका प्रहरी कार्यालय राडीले जानकारी दिएको छ ।

तपाईंको प्रतिक्रिया