मनसुन पुनः सक्रिय, साताभर मौसम प्रतिकुल रहने

 भदौ ०७, २०७८

काठमाडौं । मनसुनी वायु पुनः सक्रिय हुँदा देशका अधिकांश क्षेत्रमा अहिले वर्षा भइरहेको छ । न्यूनचापीय रेखा नेपालभन्दा केहि तल रहे पनि बंगालको खाडीबाट आएको बायुका कारण आइतबार रातीदेखि वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले अहिले कर्णाली र सुदूरपश्चिमबाहेक अन्य सबै प्रदेशमा वर्षा भइरहेको र ती प्रवेशका तराईका भूभागमा धेरै वर्षा भइरहेको जानकारी दिए ।

मौसमविदु पौडेलले यो साताभरि नै मौसम प्रतिकुल रहने अनुमान गरे । ‘अहिले मनसुनको समय हो । यो समयमा पनि मनसुन कहिले सक्रिय हुने त कहिले निश्क्रिय हुने हुन्छ । समग्रमा भन्नुपर्दा यो साताभरि नै मनसुन सक्रिय रहनेछ । नेपालमा जुन १३ देखि अक्टोबर २ सम्म मनसुनी समय हो । यसो हुँदा नेपालमा अझै करिव डेढ महिना मनसुनको समय छ ।

पौडेलले साताभर मनसुन सक्रिय हुँदा जोखिम क्षेत्रमा बसोबास गर्ने जनताहरुलाई सजग रहन आग्रह गरेका छन् ।

तपाईंको प्रतिक्रिया