झापामा घरका सबै परिवार मृत अवस्थामा फेला

दाङ। झापामा घरका सबै परिवार मृत अवस्थामा फेला परेका छन । मृत्यु हुनेमा कनकाई नगरपालिका वडा नम्बर १ जामुनबाडी स्थित घरमुली बर्ष ३४ का रविन विश्वकर्मा, उनकी श्रीमती बर्ष २९ की मुना विश्वकर्मा र ८ महिनाकी छोरी रुविना विश्वकर्मा रहेका छन् । तिनै जनाको घाटीमा पासो लागेको अवस्था देखिएको नजीकै रहेकी रविनकी काकी पम्फा विश्वर्माले बताउनुभयो ।
घरको एउटै कोठामा काखमै चेपेको अवस्थामा छेरी र उभिएको अवस्थामा आमा अनि दुई मिटर पर श्रीमान् घाटीमा पासो लगाई घुडा टेकेको अबस्थामा फेला परेका हुन् ।
तपाईंको प्रतिक्रिया