रुकुम पूर्वमा एक बालिकाको शब फेला

रुकुम पूर्वम। रुकुम पूर्वमा एक बालिका मृत अवस्थामा आइतबार फेला परेको जिल्ला प्रहरी कार्यालयका रुकुम पृर्व का सूचना अधिकारी एवम् प्रहरी निरिक्षक मानबहादुर विसी ले जानकारी दिनु भयो । जिल्लाको भूमे गाउँपालिका ३ मोराबाङका अर्जुन कुँवरकी ४ वर्षीया छोरी प्रिया घर नजिकैको खोल्सामा मृत अवस्थामा फेला भेटीएको प्रहरीले बताएको छ ।
बालिकाको शव पोष्टमार्टमका लागि रुकुम पूर्व अस्पतालमा ल्याउँदै गरेको प्रहरी निरीक्षक बिसीले बताउनु भयो । घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।
तपाईंको प्रतिक्रिया