जापानले पठाएको कोरोनाविरुद्धको खोप आज नेपाल आउने

दाङ। जापानले १६ लाख १४ हजार ७ सय ४० मात्रा एस्ट्राजेनेका खोप नेपाल लाई अनुदानमा उपलब्ध गराउने घोषणा यसअघि नै गरेको थियो । त्यस मध्ये गत शनिबार २ लाख ८ हजार ७ सय मात्रा खोप आइसके को छ । फेरी आज ५ लाख ५९ हजार मात्रा खोप नेपाल आउने भएको छ ।
जापानले आज र अस्ति उपलब्ध गराएको एस्ट्राजेनेका खोप प्रदेश १ र २ का ६५ वर्ष माथिका कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरूलाई उपलब्ध गराउने तयारी भइरहेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप महाशाखाका प्रमुख झलक शर्मा गौतमले जानकारी दिनुभयो ।
तपाईंको प्रतिक्रिया