खोलाले बगाएर बेपत्ता बिकको शव आज भेटियो

 भदौ ०७, २०७८

दाङ । दाङ जिल्लाको शान्तिनगर गाउँपालिका वडा नं २ निवासी ५१ बर्षीय बामे बिकको गत बिहिवार खोलाले बगाएर बेपत्ता भएको शव आज बिहान १० बजे फेला परेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।

बगाएको स्थान देखि करिव तीन किलोमिटर तल बिकको शव भेटिएको प्रहरी नायव उपरिक्षक रिजालले जानकारी दिनुभयो ।शवलाई मृतकका भाई अमर बिकले सनाखत गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया