बन्यजन्तुका अंग सहित पाँच जना पक्राउ

 भदौ ०७, २०७८

तुलसीपुर । दाङमा प्रहरीले प्रतिवन्धित बन्यजन्तुका विभिन्न अंग सहित पक्राउ परेका पाँच जनालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्र्तगत लमहीबाट चितुवाको छाला सहित तिन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बैतडी पाटन नगरपालिका ६ बस्ने २० बर्षिय बिमल औजी , सोहि ठाउँका २८ बर्षिय प्रदिप कुमार विक र २० बर्षिय हेमन्त औजी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो ।

प्रतिबन्धित बन्यजन्तुको छाला ओसारपसार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्र्तगत लमही ९ बाट गत शनिवार पक्राउ गरेको थियो । उनीहरु सवार प्रदेश नम्वर ३–०१–०२३ च ७६३८ नम्वरको सुजुकी कम्पनीको कार चेकजाँच गर्ने क्रममा कारको पहाडी सिटमुनि लुकाएर राखीएको अवस्थामा चितुवाको ठुलोसानो गरी तिन वटा छाला फेला परेको डिएसपी रिजालले जानकारी दिनुभयो ।

यस्तैगरी कस्तुरीको बिना सहित दाङ घोराही ७ बस्ने ३३ बर्षिय मोहन बुढा र प्युठानको प्युठान नगरपािलका १ बस्ने २२ बर्षिय मदन के .सी पक्राउ परेका छन । उनीहरुलाई घोराही बजारमा रहेको होटल टुडे प्लाजामाबाट पक्राउ गरिएको डिएसपी रिजालले जानकारी दिनुभयो । विशेष सुचनाको आधारमा गएको प्रहरीको टोलीले आईतवार उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ३१ ग्राम दुई सय मिलिग्राम परिमाणको प्रतिबन्धित बन्यजन्तु कस्तुरीको बिना बरामद गरिएको उहाले जानकारी दिनुभयो । पक्राउ परेकाहरु माथी आबश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

तपाईंको प्रतिक्रिया