ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला

धनुषा। धनुषा को मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ स्थित ललियामा ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला परेको छ । मिथिला का ५५ वर्षीय बुवा रामवृक्ष मण्डल र २१ वर्षीया अम्बिका मण्डलको शव फेला परेको हो । हत्या गरेको आशङ्कामा प्रहरीले मृतकका छोरा तथा पति ३० वर्षीय भागेश्वर मण्डललाई जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
स्थानीयले रामवृक्ष लाइ खोज्ने क्रममा घरमा नभेटाएपछि गाउँमा खोज तलास गर्ने क्रममा सो घटना सार्वजनिक भएको धनुषा प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिनुभयो । हत्या गरेको आशङ्कामा भागेश्वर मण्डललाई पक्राउ गरी थप भइरहेको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिक्रिया