भारतमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि

 भदौ १०, २०७८


काठमाडौं। भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ । यसअघि गत सोमबार दैनिक सङ्क्रमितको सङ्ख्या १६० दिन पछिकै सबैभन्दा कम भएकोमा अहिले फेरि बढेको हो । सरकारी अधिकारीले गत सोमबार पछिल्लो एक दिनमा भारतमा २५ हजार ७२ जना नयाँ सङ्क्रमित भएका थिए । तर बिहीबार सार्वजनिक गरिएको विवरणमा भने ४६ हजार १६४ नयाँ सङ्क्रमित थपिएको उल्लेख छ ।

मृतकको सङ्ख्या पनि अहिले बढेको छ । पछिल्लो एक दिनमा ६०७ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको अधिकारीले जनाएका छन् । गत सोमबार ३८९ जनाको मृत्यु भएको थियो । महामारीबाट पछिल्लो समय सबैभन्दा बढी केरला राज्य बढी प्रभावित भएको छ

तपाईंको प्रतिक्रिया