तुलसीपुरकाे अम्बापुरमा नेपालीको घर भत्कियाे

 भदौ १०, २०७८


तुलसीपुर । तुलसीपुरमा एक ब्यक्तिकाे दुई तले घर भत्किएको छ । वडा नम्बर १३ अम्वापुरमा शुरेस नेपालीको घर भत्किएको स्थानीय गाेविन्द सुवेदीले बताएका छन । उनकाे परिवार अहिले नजिकैकाे अम्बेश्वरि बिद्यालयमा अाश्रय लिएर बसेकाे छ । घर भत्किदा भएको अन्नपात , लत्ताकपडा भाडाबर्तन सबै पुरिएको छ । केही दिन अघिकाे बर्षात कारण अाज बिहान घर भत्किएको बताइकाे छ ।

तपाईंको प्रतिक्रिया