राप्ती प्रादेशिक अस्पतालका प्रमुखलाई कालोमोसो

 भदौ ११, २०७८

तुलसीपुर । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरीटेन्डेन्ट डा. विनोद सिंहलाई विद्यार्थीको एक समूहले कालोमोसो दलेको छ । सर्जन परियारको नेतृत्वमा गएको एक समूहले पौने २ बजे मेसुको कार्यकक्षमै कालोमोसो दलेको जिल्ला प्रहरी कार्यालय दाङका सुरेश काफलेले जानकारी दिनुभयो । अस्पतालको सेवामा चरम लापरवाहीबारे हिजो मात्रै परियारकै नेतृत्वमा गएको एक समुहले ध्यानाकर्षण गराएको थियो । घटनामा संलग्न व्यक्तीहरुको खोजी कार्य जारी रहेको एसपी काफ्लेले बताउनुभयो ।

टाइडफाईड भएको बिरामीको कल्चर चेकको व्यवस्था नभएको बताएपछि डा.विनोद सिंहलाई कार्यकक्षमै पुगेर मोसो दलेको एसपी काफलेले बताउनुभयो । डाक्टरले आफ्नो डिउटीमा निजि मेडिकलमा बस्ने गरेको र विरामीले अस्पतालमा रिर्पोट देखाउन नपाएको गुनाासो आएपछि परियारको नेतृत्वको समुहले डाक्टर सिंहलाई भेटी यस्ता गल्ती नदोहोराउन यस अघि चेतावनी दिएको थियो । परियार एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक हुन ।

तपाईंको प्रतिक्रिया