थप २,०६५ जनामा कोरोना संक्रमण, २,३३७ जना संक्रमणमुक्त,

 भदौ ११, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २,०६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

८,७५२ जनाको पीसीआर परीक्षण गर्दा १,५७७ र ४,३६५ को एन्टिजेन परीक्षणमा ४८८ जना गरी २,०६५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ भने २,३३७ जना संक्रमणमुक्त भएका छन् ।

तपाईंको प्रतिक्रिया