दाङमा अवैध सालको काठ सहित तिन जना पक्राउ

दाङ । दाङमा अवैध सालको काठ सहित तिन जना पक्राउ परेका छन् ।गढवा गाउँपालिका ६ गढवा लमही रोडबाट शुक्रवार विहान ३ बजे सालको काठ सहित तिन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।
विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवाबाट गएको प्रहरीको टोलीले लु २ च ७७४१ नम्बरको पिकअप जिप सहित राप्ती गाउँपालिका ५ कालापानी बस्ने २६ बर्षिय प्रदिप कुमार चौधरी, गढवा गाउँपालिका ४ खड्गपुर बस्ने २४ बर्षिय साहिद मुसलमान र राप्ती गाउँपालिका ८ पिपरा बस्ने ३७ बर्षिय विनोद चौधरी रहेको डिएसपी रिजालले जानकारी दिनुभयो ।
उनीहरुको साथबाट गाडीमा राखीएको १२ थान सालको चिरान काठ फेला परेको उहाले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरुलाई आबश्यक कारवाहीका लागी वन डिभिजन कार्यालय लमही देउखुरीमा बुझाईएको प्रवक्ता रिजालले जानकारी दिनुभयो ।
तपाईंको प्रतिक्रिया