अनेरास्ववियुले भन्यो- ‘जनताको स्वास्थ्य माथि खेलवाड गर्न पाईदैन’

 भदौ ११, २०७८

तुलसीपुर । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरीटेन्डेन्ट डा. विनोद सिंहलाई विरामी र सर्वसारधणबाट नै कालोमोसो दलेको अनेरास्ववियुले दाङले बताएको छ । अस्पतालमा कार्यरत चिकित्सक बाहिर मेडिकलमा बढि समय विताउने, ल्याव जाच गर्न बाहिर पठाउने, असक्षम कर्मचारी भर्तिकेन्द्र बनाएको विरुद्धमा खवरदारी गर्न गएको बेला अस्पतालमा आएका विरामी र नागरीकहरुबाट कालोमासो दलिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अनेरास्ववियुका केन्द्रीय सदस्य विराज डिसी,जिल्ला संयोजक सर्जन परियार, सहसंयोजक दिवश क्षेत्री र सचिव गोविन्द बस्नेतद्धारा जारी विज्ञप्तीमा कालोमोसो जो कोहिले दलेपनि यसको पक्षमा रहेको उल्लेख गरिएको छ । साथै जनताको स्वास्थ्य माथि खेलवाड गरे अनेरास्ववियुले चुप लागेर नबस्ने चेतावनी दिईएको छ ।

तपाईंको प्रतिक्रिया