दैलेखमा मोटरसाइकल दुर्घटनामा परी एक कर्मचारीको मृत्यु

दैलेख । दैलेखमा आज मोटरसाइकल दुर्घटना हुदाँ एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा रेडक्रस सोसाइटी दैलेख शाखामा कार्यरत उदयपुरको चौदण्डीगढी नगरपालिकाका ४२ वर्षीय नारायणप्रसाद पोखरेलको ज्यान गएको दैलेख प्रहरीले जनाएको छ।
सदरमुकामबाट कार्यक्षेत्र नौमुले गाउँपालिका तर्फ जाँदै गर्दा पोखरेल सवार बा ७५ प ५८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको दैलेख प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए । पोखरेलको शव पोस्टमार्टका लागि दैलेख अस्पताल ल्याउने तयारी भएको छ ।
तपाईंको प्रतिक्रिया