मनसुन फेरी सक्रिय, बुधबारदेखि घाम लाग्ने अनुमान

 भदौ १३, २०७८

काठमाडौं । मनसुन वायुका कारण एक सातादेखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । लगातारको झरीले जनजीवन कष्टकर भइरहेको अवस्थामा अझै दुई दिन घाम नलाग्ने मौसमविदले जानकारी दिएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशबाहेक देशका सबै भूभागमा वर्षा भइरहेको छ । दिउँसोदेखि देशैभर वर्षा हुनेछ ।

नेपालमा मनसुन सकिन अझै डेढ महिना बाँकी छ । मौसमविदले नेपालको हकमा जुलाई र अगष्टलाई मनसुनको मुख्य सिजन मान्ने गर्छन् । मनसुनको समयमा पनि मौसम कहिले सक्रिय हुने त कहिले निश्क्रिय हुने गर्छ । एक सातादेखि मनसुन सक्रिय छ र बाढी, पहिरो र डुवानको जोखिम अझै कम भइनसकेकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

तपाईंको प्रतिक्रिया