तुलसीपुरमा धारिलो हतियार प्रहार गरि श्रीमानको हत्या

तुलसीपुर । तुलसीपुरमा एक महिलाले धारिलो हतियार प्रहार गरि श्रीमानको हत्या गरेकी छिन् ।
वडा नम्बर ३ निवासी ५६ बर्षीया देविकुमारी योगीले आफ्ना ७८ बर्षीय श्रीमान खेमलाल पुरीलाई धारिलो हतियार प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार घटना गएराति भएको हो । धारिलो हतियार प्रयोग गरि हत्या गर्ने श्रीमति देविकुमारीलाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
तपाईंको प्रतिक्रिया