झलनाथ खनाल सोमबार स्वदेश फर्कने

काठमाडौं । नेकपा एकीकृत समाजवादी का वरिष्ठ नेता झलनाथ खनाल सोमबार स्वदेश फर्कन लाग्नुभएको छ। उहाँ गएको असार २ गते उपचारका लागि भारतको नयाँ दिल्ली जानुभएको थियो । सोमबार काठमाडौं आउने खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।
खनालको दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । स्वास्थ्यमा सुधार भएपछि स्वदेश फर्कन लागेको उहाँले बताउनुभयो ।
तपाईंको प्रतिक्रिया