शान्तीनगरमा एमालेको अगुवा कार्यकर्ता भेला
तुलसीपुर । पश्चिम दाङको शान्ती नगरमा नेकपा एमालेको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । गाँउपालीका स्तरीय अगुवा भेलामा बोल्ने बत्ताहरुले एमालेले गरेका सकारात्मक कार्यहरु जनता सामु लैजानुपर्नेमा जोड दिएका छन । शान्तीनगर कमिटिका अध्यक्ष धन बहादुरी केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेश कमिटि सचिवालय सदस्य घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा भेला भएकोे थियो ।
भेलाले यहि भदौ १९ देखि २९ गते सम्म पार्टिको प्रशिक्षण,संगठन विस्तार कार्यलाई तिव्रता दिने निर्णय समेत गरेको छ । बालाराम वलीको स्वागत मन्तव्यबाट सुरु भएको भेलामा नेताहरु रामजि मिलन चौधरी,जिल्ला सचिवालय सदस्य मान बहादुर रावत,विष्णु केसी, एमएन शाह लगायतले सम्बोधन गरेका थिए । उनिहरुले पार्टिका गतिविधिहरु लाई चलायमान बनाउन भातृ संगठन विस्तारलाई जोड दिनुपर्ने बताएका थिए ।
भेलामा सात वटै वडाको कमिटिका अध्यक्षहरुले रिर्पोटिङ गरेका थिए । भेलामा क्रमश घनश्याम बुढा,खुम बहादुर वली,गंगाराम बस्याल,डिल्ली वली,शान्तीराम विक,जिवराज वली,टिकाराम रिजालले आफ्नो वडाको अवस्था बारेमा जानकारी गराएका थिए ।।
तपाईंको प्रतिक्रिया