राप्ती नदिमा पानी वहाब बढ्यो, सतर्कता अपनाउन आग्रह

 भदौ १४, २०७८

तुलसीपुर । दाङमा लगायतका पहाडी जिल्लामा गयराती देखि लगातार बर्षा भैरहेको छ । बर्षातका कारण नदि तथा खोलाहरुमा पानीको बहाव बढेको छ । आज विहानै पश्चिम राप्ती नदिको बहावले जोखीम तह पार गरेको हुदा दाङ प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङबाङले एक सुचना जारी गरि नदि तटि क्षेत्रका बासीन्दालाई उच्च सर्तकता अपनाउन र नदिमा दाउरा काठ संकलन नगर्न गर्नुभएको छ ।

तपाईंको प्रतिक्रिया