उपचारपछि खनाल स्वदेश फिर्ता

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल भारतको एपोलो अस्पतालमा स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका छन् । सोमबार स्वदेश फर्किएका नेता खनाल साढे २ महिनाअघि गत असार २ गते भारत गएका थिए ।
भारतमा खनालले मिर्गौला ट्रान्सप्लान्ट गरेका थिए । स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा खनालले आफ्नो स्वास्थ्य उपचारमा सहयोग गर्ने सबैलाई हार्दिक आभार व्यक्त गरेका थिए । खनाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष माधवकुमार नेपाल, नेताहरु मुकुन्द न्यौपाने, बेदुराम भुसाल, गंगालाल तुलाधर लगायतका नेताले स्वागत गरेका थिए ।
तपाईंको प्रतिक्रिया