डुबेर दुई जनाको मृत्यु

तुलसिपुर । लुम्बिनी प्रदेशका छुट्टाछुट्टै ठाउँमा डुबेर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बर्दियाको ठाकुरबाबा नगरपालिका–५ गोविन्दपुर बस्ने ३१ वर्षीय मानबहादुर थारुको डुबेर मृत्यु भएको छ । सोही नगरपालिका–४ स्थित कुलोमा माछा मार्न गएको अवस्थामा कुलोमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै कपिलबस्तुमा पनि डुबेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–११, विजयनगरस्थित मामाघर बस्ने शिवराज नगरपालिका–११ थुनिया घर भएका कमलेस धोबीकी छोरी ३ वर्षीय बिनिता धोबीको डुबेर मृत्यु भएको हो । बाटोमा खेल्ने क्रममा कुलोमा खसेर डुब्दा उनको मृत्यु भएको लुम्बिनी प्रहरी कार्यालय दाङले जनाएको छ ।
तपाईंको प्रतिक्रिया