मनसुनजन्य विपतमा परि ६६ जनाको मृत्यु

तुलसीपुर । जेठ महिनायता मनसुनजन्य विपतका कारण ६६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार २०७८ जेठ महिनायता हालसम्म मनसुनजन्य विपतका घटनामा परि ४० जना बेपत्ता भएका छन् भने ८१ जना घाइते भएका छन् । आज बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले तथ्याङ्क प्रस्तुत गर्दै मनसुनका कारण सिन्धुपाल्चोक, मनाङ, गोरखा, कास्की लगायतका ५५ जिल्ला प्रभावित भएको बताउनुभयो ।
विभिन्न ४० जिल्लामा ६ सय १९ घर पूर्णरुपमा र १ सय ६२ घर आंशिक रुपमा क्षति भएको मन्त्री खाँणले प्रस्तुत गर्नुभएको तथ्याङ्कमा उल्लेख छ ।
तपाईंको प्रतिक्रिया