भन्सार छलीका ५९५ थान मोबाइलसहित दुई जना पक्राउ

 साउन २२, २०७८

काठमाडौं । भन्सार छलेर अवैध रुपमा भित्राइएको ७० लाखभन्दा बढी मूल्य बराबरका ५९५ थान मोबाइल सेट सहित दुई जनालाई नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । बिभिन्न ब्राण्डका ५९५ थान मोबाइलसहित चितवनको भरतपुर महानगरपालिका बस्ने ४३ वर्षीय अर्जु्न ढकाल र गाडीका चालक ४० वर्षीय इन्द्रलाल श्रेष्ठलाई पक्राउ गरिएको नवलपुर प्रहरी कार्यालयका डिएसपी दिलिप गिरीले जानकारी दिए ।

मोबाइल लोड गरिएको प्रदेश ३–०१–०२३ च ५५४४ नम्बरको गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ । सो गाडीलाई गएराति ११ बजे विनयीत्रिवेणी नगरपालिका–१ मा पर्ने राजमार्गबाट नियन्त्रणमा लिइएको र सो गाडीबाट विना बिल भर्पाइका ५९५ थान मोबाइल बरामद भएको डिएसपी गिरीले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया