भुमि आयोग बिघटन: तुलसीपुरमा बिराेध प्रदर्शन

 साउन २४, २०७८

तुलसीपुर । सरकारले भुमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको निर्णय सच्याउन माग गदै तुलसीपुरका भुमिहिन सुकुमबासीहरुले स्थानिय प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।भुमिहिन किसान संगठन नेपाल तुलसीपुरको अघुवाईमा ईलाका प्रशासन कार्यालय तुलसीपुरमा पुगेर कार्यालयका शाखा अधिकृत जनक भण्डारीलाई ज्ञापन पत्र बुझाईएको छ । संगठनका अध्यक्ष छवि कुमार चौधरीको नेतृत्वमा गएको टोलीमा तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता श्याम डाँगी,नेकपा एमाले दाङका अध्यक्ष हुकुम बस्नेत, तुलसीपुर १ वडा का वडा अध्यक्ष लक्ष्मण भण्डारी, वडा नम्वर ६ का वडा अध्यक्ष नवराज लामीछाने, वडा नम्वर १८ का वडा अध्यक्ष माधव वली लगाएत विद्यार्थी संगठन,युवा संगठन र भुमिहिन सुकुमबासीहरुको सहभागिता रहेको थियो ।

ज्ञापन पत्र बुझदै शाखा अधिकृत भण्डारीले सम्वन्धित निकाय सम्म पत्र पठाई दिने आश्वासन दिनुभयो । ज्ञापन पत्र बुझाउनु अघि तुलसीपुर बजारको विभिन्न भागमा विरोध ¥याली प्रर्दशन गरिएको थियो । भुमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरुद्ध नारावाजी लगाईएको थियो ।भुमि आयोग खारेज गर्न पाईदैन, भुमिहिन सुकुमबासीलाई पुर्जा दे जस्ता विभिन्न नारा लगाईएको थियो । विरोध ¥याली पश्चात आयोजित कोणसभालाई सम्वोधन गदै नेकपा एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले वर्तमान सरकारले आयोग खारेज गरेर जनतालाई भुमि सम्बन्धी हकबाट बन्चित गराउन खोजेको आरोप लगाउनु भयो ।

उहाले राजनितिक प्रतिशोध कारण भुमिहिन सुकुमबासीलाई पुर्जा पाउनबाट बन्चित गर्न खोजीएको भन्दै सरकारका विरुद्ध शसक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो । सरकारले जो सुकै भएपनि भुमिहिन दलित ,भुमिहिन सुकुमबासी र अव्यवस्थित जनतालाई पुर्जा दिनु पर्ने उहाले माग गर्नुभयो ।जनताले पुर्जा पाए एमालेलाई भोट दिन्छन भन्ने सोचाईले देउवा सरकारले आयोग खारेज गरेको उहाले बताउनुभयो । सोहि कार्यक्रममा बोल्दै नगरप्रवक्ता श्याम डाँगीले अहिलेको सरकारले जनतालाई फेरी मालिक बन्नबाट रोक्न खोजेको बताउनुभयो । यदि सरकारले समयमै निर्णय नसच्याए थप आन्दोलन गरिने उहाले बताउनुभयो । यसका लागी स्थानिय सरकारले जनतालाई पुर्ण रुपमा साथ दिने उहाको भनाई थियो ।

तपाईंको प्रतिक्रिया