आयोग खारेजी विरुद्ध शान्तीनगरमा प्रदर्शन

निराश पाण्डे, शान्तिनगर । सरकारले गरेको भुमी समस्या समाधान आयोगको खारेजीको विरुद्धमा आज शान्तिनगरमा पनि बिरोध प्रदर्शन गरिएको छ। नेपाल भुमिहिन सुकुम्बासी संगठन शान्तिनगर गाउँ कमिटीको आयोजनामा शान्तिनगर ४ को जुम्लेकुलामा बिरोध कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले लाखौ भुमिहिन सुकुम्बासी हरु लाई आयोग खारेजी गरि जनतामाथि अन्याय गरेको बताएका थिए । साथै एमालेले लोकप्रियता कमाउन थाल्यो भन्ने डरले अहिलेको परमादेसबाट बनेको सरकारले उक्त आयोग खारेजी गरेको समेत बताएका छन ।
नेकपा एमाले शान्तिनगर गाउँ कमिटीका अध्यक्ष धन बहादुर केसिको सभापतित्व एबं नेकपा एमाले प्रदेस कमिटी सदस्य टोपेन्द्र केसिको प्रमुख आतिथ्यतामा भएको बिरोध कार्यक्रममा नेकपा एमाले शान्तिनगरका इन्चार्ज बिष्णु के सि, पुर्ब वडा अध्यक्ष बालाराम ओलिले बोलेका थिए भने कार्यक्रम को संचालन गाउँ कमिटीका सचिब टिकाराम रिजाल ले गरेका थिए ।
तपाईंको प्रतिक्रिया