तीनवटा मुद्दा लिएर एमाले सर्वोच्च जाँदै

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले एकैपटक तीनवटा मुद्दा लिएर सर्वोच्च अदालत जाने तयारी गरेको छ । एमाले फुटाउन निर्वाचन आयोग, संघीय संसदका सभामुख र लुम्बिनी प्रदेशका सभामुखले कानूनविपरीतको भूमिका खेलेको भन्दै एमाले सर्वोच्च जान लागेको हो ।
मुद्दाका लागि रिट लेखन लगायतको काम सकिएकाले बिहीबार अदालत जाने सम्भावना रहेको एमाले स्रोतले जनाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले कानूनबमोजिम पदमुक्त भएका सांसद र पार्टीले निष्कासन गरेका केन्द्रीय सदस्यको संख्या देखाएर २० प्रतिशतका आधारमा पार्टी विभाजन गरिएकाले अदालत जाने तयारी भएको बताए ।
तपाईंको प्रतिक्रिया