निर्माण कम्पनीका प्रतिनिधिलाई पक्राउ गर्न निर्देशन

तुलसीपुर । दाङको लमही–घोराही सडकखण्ड अन्तर्गत सिस्ने खोलाको पुल निर्माण गरिरहेका निर्माण कम्पनीका प्रतिनिधिलाई तत्काल पक्राउ गर्न निर्देशन दिईएको छ । कार बगाएर चार जनाको मृत्यु भएपछि दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङबाङले एडभेन्चर ,जे..वी.जेभीका प्रतिनिधि यज्ञ केसीलाई तत्काल पक्राउ गरेर प्रशासनमा उपस्थित गराउन निर्देशन दिनुभएको हो ।
दाङ प्रहरीलाई पत्र लेख्दै तत्काल पक्राउ गर्न निर्देशन दिईएको छ । गएको असार २८ गते कम्पनीका प्रतिनिधि केसीले एक महिना भित्र काम सक्ने भनि प्रतिबद्धता जनाएको भनि प्रजिअ कुरुम्बाङ्ले आफ्नो फेसबुकमा पोष्ट गर्नुभएको थियो । तर, दुई महिना वित्न लाग्दा पनि काम पूरा हुन सकेको छैन ।

तपाईंको प्रतिक्रिया