नहरमा डुबेर एक युवक मृत्यु

सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालीनी नगरपालिका(२ सकरदहीमा रहेको पश्चिमी नहरमा डुबेर एक युवकको ज्यान गएको छ । नहरमा डुबेर कङ्कालीनी नगरपालिका १ का २४ वर्षीय लक्ष्मण कुमार इसरको ज्यान गएको प्रहरीले जनाएको छ ।
युवकको शव परीक्षणका लागि राजविराजमा रहेको गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिक्रिया