सभापतिमा साझा उम्मेदवार बनाउँछौँ – वरिष्ठ नेता पौडेल

 भदौ १७, २०७८

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहबाट नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा सभापतिका लागि साझा उम्मेद्वार बनाउने बताउनुभएको छ । राजधानीमा पत्रकार सम्मेलन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले पार्टी र लोकतन्त्र बचाउन एक भएर अघि बढ्नृे बताउँदै भन्नुभयो, ‘हाम्रो तर्फबाट संस्थागत उम्मेदवारी दिन्छौँ । हाम्रो एकता अधिवेशनको अन्तिमसम्म कायम रहन्छ ।

हामी सबैको तर्फबाट एक जना सभापतिको उम्मेदवार रहन्छ ।पौडेलले केही समयपछि आफ्नो तर्फबाट उम्मेद्धारको नाम टुंगो लगाउने र संस्थागत रुपमा नाम पठाउने जानकारी दिनुभयो । यस्तै उहाँले क्रियाशील सदस्यहरुको विवाद कायमै हुँदा निष्ठावान कार्यकर्ताहरु पीडित भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीको संस्थागत विकास चाहिएको छ । अहिले पनि क्रियाशील सदस्यताको विवाद कायम छ । निष्ठावान साथीहरु पीडित भएका छन् । हामीले संघर्ष गर्नुपर्ने अवस्था आएको छ ।

तपाईंको प्रतिक्रिया